e-GP बन्द रहने र हार्ड कपी मार्फत बोलपत्र गर्ने मिति २०८३।०५।११ को सुचना
सार्वजनिक खरिद अनुगमन कार्यालयले संचालन गर्दैं आएको विधुतीय खरिद प्रणाली (e-GP System) मिति २०८३।०५।११ मा अर्को सुचना ननिकाले सम्मका लागि अनिश्चित कालिन बन्द रहने सुचना सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको छ ।
सुचनाको पुर्णपाठ तथा कपि समेत यसमा संलग्न गरिएको छ ।
हाल सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणाली (e-GP System) मा सुरक्षा जोखिम उच्च रहेको देखिन आएकाले प्रणालीको मर्मतसम्भार र सुधार कार्य भइरहेको हुँदा अर्को सूचना जारी नभएसम्म तपसिल बमोजिम हुने गरी प्रणाली स्थगन गरिएको व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा जानकारीका लागि यस कार्यालयको मिति २०८३/०५/११ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ
तपसिलः
१. मिति २०८३/०५/११ गते देखि अर्को सूचना जारी नभएसम्मका लागि हालको विद्युतीय खरिद प्रणालीको प्रयोग स्थगन गर्नुहुन
२. यस विद्युतीय खरिद प्रणालीमा मिति २०८३/०५/११ गतेसम्म प्रकाशन भई प्रस्ताव पेश गर्ने म्याद समाप्त हुन बाँकी रहेका र नयाँ प्रकाशन हुने क्रममा रहेका बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउपत्रको सम्बन्धमा सार्वजनिक निकायहरुले हार्डकपी मार्फत बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउपत्रको प्रक्रिया अगाडि बढाउन सकिनेछ
३. यस अघि विद्युतीय खरिद प्रणालीमा बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउपत्र खोलुवा भई सार्वजनिक निकायहरुले बोलपत्रदाता/आपूर्तिकर्ता/परामर्शदाताहरुको प्रस्ताव डाउनलोड गर्न बाँकी रहेका ठेक्काहरुको सम्बन्धमा सार्वजनिक निकायको अनुरोधमा यस कार्यालयबाट आवश्यक सहजीकरण गरिनेछ
सुचना हेर्नका लागि यहाँ क्लीक गर्नुहोस।