खरिदका नविन अपडेटहरु (Latest Update) latest update PPMO

औषत अंकलाई अनुचित प्रभाव नपार्ने सम्बन्धी PPMO को सुचना तथा जानकारी

September 25, 2026

सार्वजनिक खरिद अुनगमन कार्यालयले  मिति २०८३।०६।०१ मा सवै सार्वजनिक निकाय हरुलाई  औसत अंकलाई अनुचित प्रभाव नपार्न निर्देशनात्मक परिपत्र गरेको छ । यसको पुरा व्यहोरा यस्तो छ । 


सार्वजनिक खरिद ऐन, २०६३ (दोस्रो संशोधन) पश्चात बोलपत्रदाताहरूले औसत अंकलाई अनुचित प्रभाव पार्न लागत अनुमानभन्दा बढी कबोल अंक सहितको बोलपत्र प्रस्ताव पेश गरेको भन्ने जानकारी यस कार्यालयलाई प्रास हुन आएको छ ।

सो सम्बन्धमा, सार्वजनिक खरिद ऐन, २०६३ (दोस्रो संशोधन) को दफा २५ को उपदफा (७क) बमोजिम मूल्यांकन गर्दा, ऐ. ऐनको दफा ६२ को उपदफा (२) मा बोलपत्रदाताहरू वा प्रस्तावदाताहरूले खण्ड (च) बमोजिम "बोलपत्रदाताहरू वा प्रस्तावदाताहरूबीच खरिद सम्बन्धी काम बाँडफाँड गर्ने वा बोलपत्र वा प्रस्तावको मूल्य कृत्रिम वा अप्रतिस्पर्धी तरिकाले कायम गर्ने वा अन्य कुनै तरिकाले सार्वजनिक निकायलाई खुल्ला तथा स्वतन्त्र प्रतिस्पर्धाको लाभबाट वञ्चित गर्ने उद्देश्यले बोलपत्र वा प्रस्ताव पेश गर्नुभन्दा अघि वा पछि मिलेमतो गर्न वा गुटबन्दीमा संलग्न हुन" नहुने भन्ने व्यवस्था रहेको र सोही बमोजिम यस कार्यालयले जारी गरेको नमूना बोलपत्र कागजातको Instruction to Bidders को ITB Clause 3. Fraud and Corruption को Sub-clause 3.2 को खण्ड (f) मा समेत उक्त व्यवस्था रहेको छ । साथै, ऐ. ऐनको दफा २६ को उपदफा (६) मा "यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बोलपत्रदाताले आपसमा मिलेमतो गरी बोलपत्र दाखिला गरेको प्रमाणित भएमा त्यस्ता बोलपत्रहरू रद्द हुनेछन् ।" भन्ने व्यवस्था रहेकोले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४४ को खण्ड (ख) को प्रयोजनार्थ सबै सार्वजनिक निकायहरूलाई खरिद क्रियाकलाप सम्बन्धी प्रतिवेदनमा उल्लिखित विषय बमोजिम प्रतिवेदन गर्न यस कार्यालयको मिति २०८३/०६/०१ को (सचिवस्तर) निर्णयानुसार निर्देशन गरिएको छ ।

यसले सवै सार्वजनिक निकायले मिलेमतो गरेको बोलपत्र हो वा होइन भन्ने विषयमा अझ चनाखो भई बोलपत्रको मुल्यांकन गर्नुपर्ने तर्फ सचेत गराएको छ भने सवै बोलपत्रदाताहरुलाई समेत स्वच्छ र खुला रुपमा प्रतिस्पर्धामा सहभागी हुन समेत मार्गदर्शन गरेको छ। 

PPMO को पत्र हेर्न यहाँ क्लीक गर्नुहोस