हुलाक मार्फत तोकिएको समय भित्र बोलपत्र पेश गर्न सकिने सम्बन्धि सुचना
सार्वजनिक खरिद अनुगमन कार्यलायले सार्वजनिक खरिद गर्न प्रयोग भईरहेको विद्युतीय खरिद प्रणाली (e-GP System) मा सुरक्षा जोखिम उच्च देखिएकोले तत्कालका लागि प्रणाली स्थगन गरिएको विषय स्मरण गराउदै उक्त प्रणालीलाई मर्मतसम्भार तथा सुधार गरी यथाशीघ्र सञ्चालनमा ल्याउनका लागि कार्य भईरहेको जानकारी गराएको छ
विद्युतीय खरिद प्रणाली (e-GP System) पुनः सञ्चालन नहुँदा सम्म तत्कालका लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४८ को उपनियम (२) बमोजिम बोलपत्र कागजात प्राप्त गर्ने व्यवस्था तथा यस कार्यालयले जारी गरेको नमूना बोलपत्र कागजातको Section I Instruction to Bidders को Sealing and Marking मा रहेको Bidders submitting bids by mail, by hand or by courier व्यवस्था भएमा सोही व्यवस्था बमोजिम हुलाक मार्फत बोलपत्र दाखिला गर्ने व्यवस्था भएकोले हुलाक मार्फत बोलपत्र कागजात प्राप्त गर्ने र हुलाक मार्फत कानून बमोजिम तोकिएको समय भित्र कार्यालयमा दाखिला गर्न सक्ने सुचना तथा जानकारी दिएको छ ।
विगत देखिनै कानुनमा व्यवस्था भएको तर अभ्यासमा निकै कम मात्र प्रयोग भएको बोलपत्र खरिद तथा दाखिलाको यो पुरानै तरीका हो । अहिले e-GP System बन्द हुदा बोलपत्रदाताहरुले सहज रुपमा कागजात प्राप्त गर्न तथा दाखिला गर्न सकुन भन्ने मनसायले यो परिपत्र जानकारी गराएको देखिन्छ । यद्यपी यसको मुख्य चुनौती भनेको तोकिएको समय र म्याद भित्र कार्यालयमा बोलपत्र दाखिला (दर्ता) भइसक्ने ग्यारेन्टी हुलाकले दिन नसक्ने हुदा यसको प्रयोग कति हुन्छ आगामि दिनमा देखिने नै छ ।