Bidder जमानत जमानत

बोलपत्र जमानत के हो ? यो किन आवश्यक छ र कती रकमको हुन्छ ?

April 16, 2026

 बोलपत्रदाताले बोलपत्रको म्यादभित्र आफ्नो प्रस्ताव फिर्ता नलिओस् र ठेक्का स्वीकृत भएमा तोकिएको समयमै सम्झौता गर्न आओस् भनी सुनिश्चित गर्न यो जमानत माग गरिन्छ।

यो जमानतको रकम लागत अनुमानको २ देखि ३ प्रतिशत रकमै तोकि बोलपत्र सम्बन्धी कागजातमा खुलाउनुपर्ने हुन्छ । यसको गणना औजारहरु भित्र गएर लागत अनुमान रकम खुलाइ यसै वेभसाइटबाट गर्न सकिन्छ ।  

म्याद सम्बन्धी ध्यान दिनुपर्ने विषय: यसको म्याद बोलपत्रको मान्य अवधि (Bid Validity Period) भन्दा कम्तीमा ३० दिन बढी हुनुपर्छ।

सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार १० करोड सम्म लागत अनुमान भएको बोलपत्रको म्याद ९० दिन र १० करोड भन्दा बढी लागत अनुमान भएको बोलपत्रको म्याद १२० दिन हुन्छ । त्यसैले बोलपत्र जमानतको म्याद १० करोड सम्मको खरिदका लागि १२० दिन (९०+३०) र १० करोड भन्दा बढिको खरिदको लागि १५० दिन (१२०+३०) हुन्छ ।

बोलपत्रको मुल्यांकनका क्रममा यसको बैंकबाट भेरिफिकेसन भएको हुनुपर्छ भने तोकिए बमोजिम को अवधी रकम तथा शर्तहरु समेत कार्यालयले विक्रि गर्ने बोलपत्र सम्बन्धी कागजातको नमुना भन्दा फरक नहुने गरी जारी भएको शुनिश्चित गर्नुपर्छ ।