Entity Procurement Basic

नेपालको सार्वजनिक खरिद ऐन, २०६३ का विशेषताहरू

March 23, 2026
सार्वजनिक खरिदको व्यवस्थापन गर्ने स्वतन्त्र र एकल ऐनको रूपमा रहेको, तीनै तहका सरकार तथा अन्य सरकारी निकायहरुको साझा छाता ऐनको रूपमा रहेको, स्वतन्त्र नियमनकारी निकायको रूपमा सार्वजनिक खरिद अनुगमन कार्यालयको व्यवस्था रहेको, खरिद व्यवस्थापनमा हुने त्रुटिलाई समयमा नै सच्याउने, सरोकारवालले पुनरावलोकन गर्न पाउने अधिकारको रक्षाको लािग स्वतन्त्र पुनरावलोकन समितिको व्यवस्था रहेको, खरिद कार्यसँग सम्बद्ध अन्य विशेष अधिकार सम्पन्न ऐन, सार्वजनिक खरिदको जिम्मेवारी सार्वजनिक निकायको प्रमुखलाई दिइएको र लेखा उत्तरदायी अधिकृतका रूपमा सम्बन्धित मन्त्रालयको सचिवलाई दिइएको, खरिद कारवाहीमा आचरणको व्यवस्था, दण्ड तथा पुरस्कारको व्यवस्था रहेको, सार्वजनिक खरिद सम्बन्धी कार्य प्रतिस्पर्धी, पारदर्शी, समान व्यवहार, समान पहुँच, सूचनाको सार्वजनिकीकरण, उजुरी र पुनरावलोकनको संयन्त्र जस्ता लोकतान्त्रिक मुल्य मान्यतामा आधारित सिद्धान्तको अनुशरण गरिएको छ, खरिद कार्यमा प्रक्रिया तथा गुणस्तर दुबै पक्षलाई सुनिश्चित गरेको कानुन, शान्ति सुरक्षा, विपद्, दातासँग भएका सम्झौता बमोजिमका खरिदका सन्दर्भमा मन्त्रिपरिषद्बाट निर्णय गरी यस ऐन बमोजिम खरिद गर्नु नपर्ने व्यवस्थालाई राखिएको,