Bidder
Procurement Basic
सार्वजनिक खरिद भनेको के हो ?
March 21, 2026
सरकारले आफ्नो कार्यसम्पादनका लागि आवश्यक पर्ने चिजवस्तु खरिद गर्ने कार्यलाई सार्वजनिक खरिद हो । यसरी गरीने खरिद कार्यका लागी मार्गदर्शनका लागि कानुनी व्यवस्था जरुरी हुन्छ तसर्थ नेपाल सरकारले सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शि, वस्तुनिष्ठ र विश्वसनीय बनाउन सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बनाई लागु गरेको छ। यो सार्वजकि खरिद कार्यका लागी मार्गदर्शक कानुनी व्यवस्थाका रुपमा रहिआएको छ।
सार्वजनिक खरिद ऐनको दफा २(क) ले खरिदको स्पष्ट पभिाषा गरेको छ जसअनुसार खरिद भन्नाले सार्वजनिक निकायले यस ऐन बमोजिम कुनै मालसामान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण कार्य गर्ने वा गराउने कार्य सम्झनुपर्दछ भनी उल्लेख गरेको छ ।