नमुना कागजात जारी नभएसम्म खरिद ऐनको दोश्रो संसोधन बमोजिम कार्यालयले नै कागजात सच्याएर मात्र बोलपत्र आह्वान गर्ने परिपत्र
सार्वजनिक खरिद ऐन २०६३ दोश्रो संसोधन मिति २०८३।०३।२५ मा राजपत्रमा प्रकाशित भएको छ । यसले न्युनतम कबोल गर्नेको बोलपत्र स्वीकृत गर्ने साविकको व्यवस्थामा आमुल परिवर्तन गरी नजिकको औषतको बोलपत्र स्वीकृत गर्ने , eGP बाट बोलपत्र आह्वान गर्दा पत्रिकामा सुचना निकाल्न नपर्ने तथा राजश्व लिन नपर्ने लगायतका ठुला परिवर्तनहरु गरेको छ ।
यो संसोधन बमोजिम नमुना बोलपत्र सम्बन्धी कागजातमा परिमार्जन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाइ केहि समय लाग्ने हुदा कुनै सार्वजनिक निकायले तत्कालै बोलपत्र आह्वान गर्नुपर्ने भएमा ऐनको संसोधित व्यवस्था बमोजिम नमुना बोलपत्र सम्बन्धी कागजातमा संसोधन गरेर मात्र बोलपत्रको प्रकृया गर्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले
परिपत्र गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मिति २०८३।०४।०८ मा निर्माण कार्य खरिदका लागि तीन प्रकारका नमुना बोलपत्र कागजातहरु समेत जारी गरिसकेको अवस्था छ । सो बाहेकका अन्य कागजात आइनसकेको हुदा कुनै पनि सार्वजनिक निकायले बोलपत्र आह्वान गर्नु अगाडी यो परिपत्रलाइ ध्यान दिई सोहि बमोजिम गर्नु गराउनुहुन अनुरोध छ ।
परिपत्र हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस ।